• जीवन चुडाल
    दमक/ किसानहरुले लगाउने धानबाली असार १५ गते कृषिमा आबद्ध संस्थाहरुले धान दिवस मनाई रोपाईं शुरुवात गरेका छन् । वर्षात शुरु भएसँगै किसानहरुले आफ्नो तरिकाले धान रोपाईं गरेपनि कृषि सहकारी संस्थाहरुले धान दिवस मनाई सामूहिक रुपमा रोपाईं शुरुवात गरेका हुन् ।

    संस्थाहरुले प्रत्येक वर्ष मनाउँदै आएको धान दिवसलाई यस वर्ष १६ औं राष्ट्रिय धान दिवसको रुपमा दमक मा रहेको काबेली सानाकिसान कृषि सहकारी संस्था, दमक ३ ले सामोहिक रोपाईं गरेको हो ।

    सोही अवसरमा सस्थाले दमक स्थित आम चोकमा सामहिक रोपाइँ गरेको थियो बिहान जम्मा भएका सदस्य हरुले रमाइलो गर्दै रोपाइँ गरेर दही चुउरा समेत खाएका थिए नेपाली पञ्चैबाजा सहित उनिहरुले सङ्गिनि गितको तालमा रोपाइँ गरेको सस्थाका लेखापाल आशिष दाहालले जानकारी दिए।

    कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कार्यक्रमको उदघाटन गर्दै कृषि प्रधान देश भएकाले किसानहरुलाई कृषि क्षेत्रमा राहत दिन आवश्यक रहेको बताए । कृषिलाई आधुनिकिकरण गर्न संस्थाहरुले अवलम्बन गरेको सामूहिक खेती बाट राज्यलाई समेत सहज हुने धारणा राखे । कार्यक्रम मा दमक ३ का वडा अध्यक्ष नवीन बराल लगायतको उपस्थित रहेको थियो। कार्यक्रम को ओोचित्य र आवश्यकता बारे सस्थाका अध्यक्ष रुद्र प्रसाद मिष्रले जानकारी गराएका थिए

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…