• बाहुण्डाँगी । लेटाङ लेटाङ जेसिजको आयोजना र नेपाल टेलिकम दुरसंचार कार्यलय इटहरीको सहकार्यमा आज लेटाङ नगरपालिका मा निस्शुल्क नेपाल टेलिकमको रु ५० ब्यालेन्स भएको नमस्ते प्रि९पेड सिम कार्ड बितरण गरिएको छ।नागरिकताको प्रमाणपत्र , सवारी चालक अनुमतिपत्र , मतदाता परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपी,हालसालै खिचिएको पासपोर्ट साइजको फोटो एक थान लिएर सम्बन्धित ब्याक्ती स्वयंको उपस्थिति मा सिम कार्ड बितरण गरिएको हो।
    लेटाङ नगरपालिका ३ स्थित काया डिजाइनर्स एण्ड प्रिन्टर्स लोकतान्त्रिक चौक लेटाङ बजारमा बिहान बजे देखि अपरान्ह ४ बजे सम्म सिमकार्ड बितरण गरिएको र उक्त सिमकार्ड बितरण कार्यक्रम बाट ४०५ जना सेवाग्राही हरु लाभान्वित भएको लेटाङ जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि सुदेश वस्तिले जानकारी गराउनु भयो।
    आफुलाइ पहिले देखिनै नेपाल टेलिकम को सेवाग्राही बन्ने रहर हुदाहुदै पनि आवश्यक प्रक्रिया को बिसयमा अनवीज्ञ भएको कारणले आफू उक्त अवसर बाट बन्चित भएको बताउदै आज उक्त रहर लेटाङ जेसिजले पूरा गरिदिएकोमा सेवाग्राही केसव सुबेदिले लेटाङ जेसिजलाइ धन्यवाद दिनु भयो। नगरबासी सम्पुर्णमा नेपाल टेलिकमको पहुँच पुर्याउने उदेश्यले उक्त सिम कार्ड बितरण कार्यक्रमको आयोजना गरिएको लेटाङ जेसिज का अध्यक्ष हिमालय श्रेष्ठले जानकारी गराउनु भयो।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…