• देबु बानियाँ
    बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको २३ औँ स्थापना दिवस आइतवार सम्पन्न भएको छ । स्थापना दिवसको अवसर पारेर लेडी जेसीजले साइबर क्रामइम तथा आत्मरक्षक जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
    धावन क्रियशनको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गर्नु भएको थियो ।
    जनचेतनामुलक तालिमको मुख्य प्रशिक्षकका रुपमा जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपेन्द्र शाह र आत्मरक्षक प्रशिक्षकमा तालिम केन्द्रका केन्द्रीय प्रशिक्षक राजु पौडेलले सहजीकरण गर्नु भएको थियो । यसैगरी सोही समारोहमा एसइइ उत्तिर्ण हुने उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
    नारायणगढ जेसीजको मातृत्वमा सन १९९६ सालमा स्थापना भएको नारायणगढ लेडी जेसीजले यो महानगरपालिकाको नारायणगढ क्षेत्रमा रहेका महिलाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक क्षेत्रमा समेत उत्तिकै अब्बल संस्थाका रुपमा काम गर्दै आएको छ ।


    शाखाकी वर्ष २०१९ की अध्यक्ष निरु कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, नेपाल जेसीजा नविर्तमान कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, पूर्व महासचिव अरुणेश्वर खनाल, मातृ शाखा नारायणगढ जेसीजका अध्यक्ष विकास मान श्रेष्ठ, महाधिवेशन आथित्यता शाखा रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेल, सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषाल, शुक्लागण्डकी जेसीजका अध्यक्ष मनिष श्रेष्ठ, सौराह लेडी जेसीजकी संस्थापक अध्यक्ष सुजता विष्ट, बीसहजार जेसीजका अध्यक्ष सन्तोष माजाकोटी, गीतानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, सारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे, पर्सा खैरेनी जेसीजका अध्यक्ष शंकर कडेँललगायतको सहभागिता रहेको थियो ।


    कार्यक्रममा नारायणगढ लेडी जेसीजकी पूर्व अध्यक्ष पूर्णिमा श्रेष्ठ, रत्ननगर जेसीजका अध्यक्ष सभाष पोखरेल र मातृशाखा नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले बोल्नु भएको थियो ।
    जनचेतनामुलका कार्यक्रममा विभिन्न विद्यालय, सामाजिक संघ संस्था, तथा आमा समूहकरुको सहभागिता रहेको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्ष बोर्डका पदाधिकारीहरुलगायत २ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शाखाकी सदस्य नितु मानन्धरले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…