• हरिप्रसाद कोइराला
    गोठगाउँ, (मोरङ)पुस ९ गते । मोरङको सुन्दरहरैचा ७ का नारायण खड्का यतिबेला आफूहरूको लुटिएको खुशी फर्किनेमा आशावादी हुनुहुन्छ । २०६१ सालमा घर नजिकै पूर्वाञ्चल विश्व विद्यालयका आलिसान महल बन्न थालेपछि उहाँ लगायत पुरै गाउँलेहरूमा हर्षको सीमा थिएन । उहाँहरू कल्पना गर्नु भएको थियो –‘गाउँ मै विश्व विद्यालय,एमबीबीएस र वीएस्सी नर्सिङको पढाई, घर अगाडिको धुलो उड्ने सडक कालोपत्रे,नजिकै ठूला ठूला फार्मेसी, ठूला होटल ।’ तर, १३ वर्ष बितिसक्दा पनि न त विश्व विद्यालय आँगनमा आयो , नत मेडिकल कलेज नै सञ्चालन भयो । खड्का जस्ता सयौं स्थानीयको सपना पानीको फोका झैं फुटे ।
    यतिबेला प्रदेश नं.१ को प्रादेशिक राजधानी मोरङको सुन्दरहरैचा ७ स्थित पूर्वाञ्चल विश्व विद्यालयमा आउने हल्लाले उहाँहरू लुटिएको खुशी फर्कनेमा आशावादी हुनुहुन्छ । खड्काले भन्नुभयो–‘विश्व विद्यालय सञ्चालन हुन सकेन, अब प्रदेशको राजधानी भए पनि बनाउनु पर्छ ।’
    विश्व विद्यालय परिसरमै होटल चलाउँदै आएका जीवन मगर पनि प्रदेशको राजधानी विश्व विद्यालय परिसरमा बने गोठगाउँका भाग्य खुल्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो–‘बिशाल भवन छन्, तर सबै बेकामे छन् । सबैमा दुई चार जना बस्छन् । मेडिकल कलेज सञ्चालन हुन्छ भनेर धेरैले विश्व विद्यालय वरिपरीको जग्गा महँगो मुल्य लगाएर किने । तर १३ वर्ष भयो, विराटनगरबाट विश्व विद्यालय आएन ।’ न त यहाँका भौतिक संरचना नै प्रयोगमा आए ।
    सुन्दरहरैचा ७ की राधा खड्का पनि प्रदेशको राजधानी गोठगाउँमा आउने समाचारले हर्षित हुनुहुन्छ । खड्काले भन्नुभयो–विश्व विद्यालयका भवन बन्दा कागलाई बेल पाके जस्तै भयो , अब राजधानी बन्यो भने केही बिकास होला भन्ने आश गरेकी छु ।
    विश्व विद्यालयका डिन प्रा.डा.शम्भु कोइरालाका अनुसार गोठगाउँमा प्रशासनिक भवन, अस्पताल भवन,आइपीडि भवन,कलेज, दुईवटा छात्रावास,शिक्षक आवास भवन र एउटा अतिथि गृह गरी नौ वटा भवन रहेका छन् । तर ति मध्ये अस्पताल र प्रशासनिक भवनमा सामान्य चहलपहल हुने गरेपनि अरु भवनमा कुनै चहल पहल नदेखिने गरेको स्थानीय अर्जुन गजुरेलले बताउनु भयो ।
    उता सुन्दरहरैचा नगरपालिकाले गत कात्तिक ३० गते सम्पन्न पहिलो नगर परिषद भेलाले विश्व विद्यालयको ८०५ विगाहा जग्गा मध्ये ३५० विगाहा जग्गा प्रदेश नं. १ को प्रान्तीय राजधानीको लागि छ्ट्याउन माग गर्दै शहरी विकास मन्त्रालयमा पत्राचार गरेको थियो । नगर प्रमुख शिवप्रसाद ढकालले भन्नुभयो– जग्गामा विश्व विद्यालयको भोगाधिकार मात्र छ । जग्गा सरकारको नाममा छ । जग्गामा अतिक्रमण बढेको छ ।’उहाँले विश्व विद्यालय तत्काल विराटनगरबाट आइ हाल्ने अवस्था नरहेको बताउँदै नयाँ संरचाना नबने सम्म विश्व विद्यालयकै भवनबाट मन्त्रालयको काम चलाउने र भवन निर्माण पछि विश्व विद्यालयको भवन फर्काउन सकिने उल्लेख गर्नुभयो ।
    केहीले विश्व विद्यालय उठाउने सम्मको करा बुझेको प्रति नगर प्रमुख ढकालले आपत्ति जनाउनु भयो । नगर प्रमुखको हैषियतले विश्व विद्यालयको संरचना प्रयोग गर्न सकिने धारणा राखेको हुँ । उहाँले प्रष्ट पार्दै भन्नुभयो ।
    उता विश्व विद्यालयका उप कुलपति प्राडा घनश्याम लाल दासले भने विश्व विद्यालयको जग्गामा कुनै पनि हालतमा प्रादेशिक राजधानी बन्न नसक्ने बताउनु भयो । विज्ञप्ति जारी गर्दै विश्व विद्यालय जस्तो प्राज्ञिक संस्था राजनीतिक भागवण्डाका आधारमा टुक्रा पार्नु हुँदैन,भीसी दासले भन्नुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…