• मेचीनगर । क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा आइतवारबाट सुरु भएको अन्तर क्लब फुटबल प्रतियोगितामा वासा फुटबल क्लब भद्रपुर विजयी भएको छ ।
    सोमवार सम्पन्न दोस्रो दिनको खेलमा केकेएफसी क्लब बाहुण्डाँगीलाई २–१ को गोल अन्तरले हराउँदै भद्रपुरले सेमीफाइनलको यात्रा तय गरेको हो । पहिलो हाफसम्म १ गोलले पछि परेको भद्रपुरले दोस्रो हाफमा खेललाई २–१ मा उल्टाउँदै सेमीफाइनलको यात्रालाई निश्चित गरेको थियो । पहिलो हाफमा केकेएफसी भद्रपुर माथि हाबी भएको थियो । एक पछि अर्काे बल गोलपोष्टमा प्रहार गरेको केकेएफसीले अन्तत गोल गर्न सफल भएको थियो । झापाका अन्तराष्ट्रिय खेलाडी कर्ण लिम्बूको कप्तानिमा मैदानमा रहेको भद्रपुर राष्ट्रिय खेलाडी विशाल राई ए को कप्तानिमा रहेको केकेएफसीबिचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक रहेको थियो । दोस्रो हाफमा लयमा फर्केको भद्रपुरले केकेएफसीलाई घर फर्कन बाध्य बनायो ।
    मंगलवारको खेल धुलावारी फुटबल क्लब र गाडागललीबिच हुने आयोजक समितिका अध्यक्ष सन्तोष गिरीले बताउनु भयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…