• खुर्पा प्रहार गरी जेठाजुको हत्या

    गौरीमाया रानाले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छन्


    गोरखा, १७ असार । गोरखाको सहिद लखन गाउँपालिका ७ पिपलछाप चारघरेकी गौरीमाया रानाले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छन् । ५२ बर्षकी रानाले सोमबार दिउँसो करीब एक बजे ८२ वर्षका जेठाजु बलबहादुर रानालाई खुर्पा प्रहार गरेकी प्रहरीले जनाएको छ ।

     

    खुर्पा प्रहारबाट टाउको, घाँटी, ढाड लगायतका ठाउँमा गम्भीर चोट लागेका रानाको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौरीमायाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले खुर्पा प्रहार गर्नुको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …