• सप्तरी, असार १७ गते ।

    सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।

    मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताउनुभयो । यसैगरी कैलु चौधरीको घरबाट नगद रु पाँच हजारका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताउनुभयो । जङ्गल राम, झमेली सदाको एक÷एक थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद रु पाँच हजार लगेको स्थानीयवासीले जनाएका छन् ।

    चौपायाको व्यापार गर्न भनेर ऋण लिएको पैसा चोरी हुँदा किस्ता तिर्न कठिनाइ हुने परमेश्वर रामले दुखेसो पोख्नुभयो । केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् । चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताउनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …