• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजबाट वितरण गरिने जेसीज अफ द मन्थको अवार्ड अन्र्गत सुर्खेत महिला जेसीजले पहिलो पटक पाउन सफल भएको छ ।
    स्थापनाको समयदेखि नै निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको सुर्खेत लेडीले ‘जुन’ महिनाको जेसीज अफ द मन्थको अवार्ड पाउन सफल भएको हो ।
    नेपाल जेसीजले मंगलवार सार्वजनिक गरेको अवार्ड अन्र्गत एरिया ‘डि’ का ४७ वटा शाखालाई पछि पार्दै सुर्खेत लेडीले यो अवार्ड पाउन सफल भएको हो । निरुपित कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल र निरुपित उपाध्यक्ष दिनेश बोहोराले नेपाल जेसीजमा गर्नु भएको रिपोटिङका आधारमा सुर्खेत लेडीले यो महिनाको अवार्ड पाएको हो । यो अवार्ड सुर्खेत लेडी जेसीजको इतिहासमा पहिलो पटक हो । २०१८ मा समेत उल्लेखिय कार्यक्रमहरु सम्पन्न गरेको यस शाखाले २०१९ को सुरुवातीदेखि नै हरेक महिना विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जसमा यो महिना मात्र १५ वटा कार्यक्रम सम्पन्न गरेको थियो । शाखाकी निवर्तमान अध्यक्ष कृति गुभाजु शाक्यले नेपाल जेसीजले मुल्याङकन गरेर दिएको अवार्डले थप हौषला बढेको बताउनु भयो ।
    यसैगरी वर्ष २०१९ की अध्यक्ष सिया प्रधान कार्कीले शाखाले गरेका कार्यहरुको उच्च मुल्याङकनका साथ पाएको अवार्डले सबैभन्दा धेरै खुसी भएको बताउनु भयो । रातोकलाम अनलाइनसँगको कुराकानीमा अध्यक्ष कार्कीले निरुपित कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल र निरुपित उपाध्यक्ष दिनेश बोहोराको निरन्तरको हौषला र सहयोगका कारण कार्यक्रमहरु सञ्चालन गर्न उत्साहित भएकोब बताउनु भयो । उहाँले राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेललाई आभारसहित धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाँले यो अभियानलाई सफल बनाउन अहोरात्र रुपमा लागि पर्नु हुने शाखाका बोर्डका साथीहरु र पूर्व अध्यक्षहरुलाई धन्यवाद दिनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…