• देबु बानियाँ
    बाहुण्डाँगी । एरिया ‘ए’ बाट तरहरा जेसीजले जेसीज अफ द मन्थको अवार्ड पाउन सफल भएको छ ।
    मंगलवार नेपाल जेीजले सार्वजनिक गरेको जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत तरहराले जुन महिनाको उत्कृष्ट अवार्ड पाउन सफल भएको हो ।
    तरहरा जेसीजले यो महिना आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ उत्कृष्ट कार्यक्रम रहेको थियो । बालबालिकाहरुको प्रतिभा उजागर गर्ने उदेश्यले ४ वटा क्षेत्रमा उत्कृष्ट अवार्ड बाडेको तरहराको यो कार्यक्रमले यस क्षेत्रमा उत्कृष्ट प्रभाव पार्न सफल भएको थियो ।
    निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल र निरुपित उपाध्यक्ष जेसी सुमनकृष्ण श्रेष्ठको रिपोटिङका आधारमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले तरहरालाई उत्कृष्ट शाखाको अवार्ड प्रदान गर्नु भएको हो ।
    शाखाका अध्यक्ष विकास गिरीले यो अवार्डले शाखाका लागि अझ काम गर्ने हौषला मिलेको बताउनु भयो । उहाँले यो अभियानमा साथ दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…