• देबु बानियाँ
    बाहुण्डाँगी । तनहुँ जिल्लाको दमौलीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा काम गर्दै आएको व्यासनगर जेसीजले ‘जुन’ महिनाको जेसीज अफ द मन्थको अवार्ड पाउनु सफल भएको छ ।
    नेपाल जेसीजले मंगलवार सार्वजनिक गरेको जेसीज मन्थको अवार्ड अन्तर्गत एरिया बि बाट व्यासनगरले उत्कृष्ट अवार्ड पाउन सफल भएको हो । व्यासनगरले हालै सम्पन्न गरेको सातौँ संस्करणको ‘तनहुँ साइनिङ स्टार’ उत्कृष्ट कार्यक्रम रहेको थियो । जुन कार्यक्रमले तनहुँ जिल्लाका धेरै बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्नमा अहम भूमिका खेलको थियो र समाजमा पनि निकै महत्वपूण प्रभाव पार्न सफल भएको छ ।
    नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषाल र राष्ट्रिय निरुपित उपाध्यक्ष गोकुल सापकोटको रिपोटिङका आधारमा राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले व्यासनगरलाई यो महिनाको अवार्ड प्रदान गर्नु भएको हो । शाखाका अध्यक्ष रमेश गिरीले नेपाल जेसीजले उत्कृष्ट छनोट गर्दै दिएको अवार्डले थप हौषलाका साथ आगामी दिनमा काम गर्न उत्साहित बनाएको बताउनु भयो । साथै उहाँले शाखाका बोर्ड सार्थहरु र पूर्व अध्यक्ष सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…