• बाहुण्डाँगी । सौराहा जेसीजको ११ औँ स्थापना दिवस सोमवार मनाइएको छ ।
    सन २००९ मा रत्ननगर जेसीजको मातृत्व र संस्थापक अध्यक्ष सरद श्रेष्ठको नेतृत्वमा सौराहाको स्थापना भएको थियो । स्थापनाको ११ वर्षसम्म आइपुग्दा यस क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्त्वि विकासमा निरन्तर काम गर्दै आएको छ ।
    गैरीवारी रिसोर्टमा आयोजित शाखाका अध्यक्ष शिवप्रसाद भूषालको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण महतको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवसमा केक काटिएको थियो । कार्यक्रममा विशेष अतिथि शाखाका संस्थापक अध्यक्ष सरद श्रेष्ठ, पूर्व अध्यक्षहरु रामशरण शिलवाल, सुर्यबहादुर तामाङ, प्रकाश चापागाई, सुभाष गौतम, कृष्णलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष हरिप्रसाद दहाल, सौराह लेडी जेसीजकी संस्थापक अध्यक्ष सुजता विष्ट, २०१९ की अध्यक्ष लक्ष्मी बिडारीलगायतको सहभागिता रहेको थियो । ठाकुर भण्डारी संयोजक रहनु भएको कार्यक्रमको सञ्चालन महासविच सुरेश भुषाललले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…