• मेचीनगर । विक्रम राईको ह्याट्रिकको मद्धतले गाडागल्ली फुटबल क्लब सेमी फाइनलमा पवेश गरेको छ ।
    क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा जारी अन्तर क्लब प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा धुलावारी फुटबल क्लबलाई ६–१ को फराकिलो गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । गाडागल्लीको अबको भेट आयोजक क्षितिज युवा क्लबसँग हुनेछ । जितका लागि गाडागल्लीका तर्फबाट विक्रम राईले ३, प्रवेश तामाङ, देविन विक र युवराज मगरले १÷१ गोल गरेका थिए ।
    बुधवारको अन्तिम सेमीफाइनल खेल मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बाहुण्डाँगी युवा कलबबिच हुने आयोजक समितिका सचिव कृष्ण सुवेदीले बताउनु भयो । २३ गते हुने फाइनल खेलमा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजार पाउने कोषाध्यक्ष विकास लिम्बूले बताउनु भयो । यता धुलावारीका तर्फबाट महेश राईले सान्तवना एक गथोलद गरेका थिए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…