• काठमाडौँमा एक कार्यक्रमको बीच नेपाली चलचित्र ‘सरौतो’को ‘कुले दाई’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत निर्देशक हरी हुँमागाईको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान, सन्नी सिंह, सम्पदा दाहाल र पराक्रम शमसेर जबरालाई फिचर्ड गरिएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा फिमेल भोकलमा मिलन नेवारले संगीतकार सिवाकोटीलाई साथ दिएकी छन् ।

    चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानको साथमा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायत कलाकारको अभिनय रहेको छ । यस गीतको छायाँकन उत्तम हुँमागाईले लोक फ्लेवरमा गरेका हुन् भने निलिसा शाक्य र निर्देशक हरी हुँमागाईले कोरियोग्राफी गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा निर्माण टिमले बताए अनुसार चलचित्रलाई उत्कृष्ट बनाउन हामीले कुनै कसर छाडेका छैनौ ।

    विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई हरी हुँमागाईले निर्देशन गरेका छन् भने चलचित्रकी कार्यकारी निर्मातामा सिर्जना जोशी रहेकी छिन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा कथा, पटकथा तथा संवाद राघव कृष्ण गौतमले लेखेका हुन् । यस चलचित्र मार्फत चर्चित छायाँकार हरी हुँमागाईले निर्देशनमा डेव्यु गर्दैछन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् ।

    (भिडियो सहित्):

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…