• तेजन खड्का

    उर्लाबारी । सामान्यतयाः सबै ठाउँमा पुरुषले मात्रै गर्ने देखिएको हेयर कटिङको काम महिलाले गरिरहेको देख्दा कतिपयलाई अनौठो र अस्वाभाविक काम जस्तै लाग्न सक्छ । त्यसमा पनि मधेसी समुदायका युवतीहरु शैलुन व्यवसायमा हत्तपत्त हात हाल्दैनन् । यद्यपि, यस्ता कुराको कुनै प्रवाह नगरि यसै पेशाबाट उदाहरणिय बनेकी मोरङ उर्लाबारी—१ कि हेमन्ती ठाकुर ।

    मोरङको उर्लाबारीस्थित आइतवारे चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ती ठाँकुर आफ्नो व्यवसायबाट सन्तुष्टि छिन् रे । भन्छिन्, जिविकोपार्जनको लागि सहजता छ । अहिलेसम्म मागेर खानु परेको छैन् । सामाजिक काममा पनि सकेको दान गर्दै आएको छु । ’

    चुल्होचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाँकुरले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ ।

    पुरुषको दाह्री, जुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर आफूलाई जिस्क्याउने र हेयको दृष्टिले हेर्ने महिला फेला पर्ने गरे पनि आफूले त्यस्ता भनाइको वास्ता नगरी व्यवसाय गर्नमा कुनै हिनताबोध नभएको उनले बताइन् । पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उनले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाइन् ।

    हेमन्ती भन्छिन‘ नराम्रा तर्क वितर्क र खिस्सी गर्नेको मतलव नराखी निरन्तर अगाडी बढिरहेकी छु, धनिमनि र फुर्सलिदाहरुले छि यस्तो के काम गरेको होला भन्दै जिस्काउथे,खिस्सी गर्ने, होच्चियाउन खोज्थे । तर आजभोली यसैपेशमा स्वाभलम्बी भएपछि उनीहरुको बोलि नै बन्दै भएको छ ।

    पहिलो पटक आफुले कपाल काटेको देख्नेहरु भने अचम्ममा पर्ने गरेको उनको अनुभव छ । सिलाइकटाइको तालिमसमेत लिएकी हेमन्तीले सिलाइकटाइको तुलनामा सैलुन व्यवसाय निकै सहज र फाइदाजनक रहेको बताइन् । “कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्नेलगायतका सबै काम गर्छु, ठाँकुरले गर्वका साथ भनिन्, कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछ भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन् । ‘कतिपयले बहिनी पैसा फिर्ता दिनु पर्दैन, तर पेशालाई सानो नसम्झिनु भन्दै निरन्तरता दिन सुझाब दिएको उनले बताईन् । त्यसबेला हेमन्ती भावुक त हुन्छिन नै । आफ्नो पेशाप्रति त्यसो भन्दिदा हेमन्तीलाई गौरवान्वित बनाउछ ।

    उनि जिल्लामै हेयर कटिङको व्यवसाय गर्ने सम्भवतः पहिलो महिला हुन । सामान्यतः मधेसी समुदायका महिलाहरू पुरुषले सम्हाल्दै आएको ‘परम्परागत पेशा’मा हात हाल्दैनन् । तर, हेमन्ती ठाकुर अपवाद मात्र होइन, उदाहरणीय नै बनेकी छिन् । जसले लिङ्गभेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेश गरेको महिला नेतृ गोमा नेपालको भनाई छ । सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल दाह्री काट्दा असजिलो लागेको पनि हेमन्तीले स्मरण गर्न भ्याइन् । उर्लाबारीमा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले ५ वर्षयता पतिको ‘बिडो’ थाम्दै आएकी हुन् ।

    पतिकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको पनि उनको भनाइ छ । श्रीमान्) विदेश गएपछि पतिकै पेशालाई निरन्तरता दिएकी हेमन्तीको तीन लालाबाला छन् । हेमन्तीले आफ्नो कमाइले घर खर्च चलेको उल्लेख गर्दै श्रीमान्ले पठाएको
    ‘रेमिट्यान्स’ लाई बचत गरेको बताउछिन् ।

    हेमन्तीले साहसी र व्यावसायिक महिलाको काम गरेकी छन, उर्लाबारी बहुमुखी क्याम्पसका उपप्रध्यापक भीष्मा रेग्मी भट्टराई भन्छिन् ‘सामाजिक विभेद अन्त्यका लागि पनि उनले अंगालेको अभियानलाई सम्मान गरिनुपर्छ । ‘चुलोचौकामा सिमित महिलाहरूले हेमन्तीबाट पाठ सिक्नुपर्छ । कपाल नै काट्नु पर्छ भन्ने छैन्,रेग्मीले थप्दै भनिन् ।

    सामाजिक रुपमा अपमानित हुने डरले महिलाहरूले घरबाहिर निस्कनै नसक्ने यस क्षेत्रमा एक्लै महिलाले साहस गरेको उदाहरणीय भएको भन्दै हेमन्तीलाई बिभिन्न संघ संस्थाले पनि सम्मान गरेको छ । आफुले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्तीको भनाई छ ।

    ‘कैयौं युवा विदेश गएर रित्तो हात फर्केका छन्, कोही गाउमै बेरोजगार छन्, उनीहरुलाई पनि आफ्नै ठाँउमा सिप सिकेर केहि गरौ भन्न चाहान्छु, हेमन्तीले प्रतिप्रश्न गर्दै भनिन्,नराम्रो काम पो गर्नु भएन्, राम्रो काम सानो ठुलो भन्ने हुन्छ र ?

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…