दमक/नेत्र विक्रम चन्द विप्लव नेत्रित्वको दमक नगर समितिले एक विज्ञप्ति जारी गर्दै दमक नगरपालिकाले गरेको कर्मचारी नियुक्तिमा गम्भीर आपत्ति जनाएको छ । नगर सेक्रेटरी समीर द्रारा हस्ताक्षरित विज्ञप्तिमा नगरका उपप्रमुख देखि बडाका नेता सम्मले आफना नातावादका आधारमा कर्मचारी नियुक्ति गरेकोले यो तत्काल सच्याउन माग गरिएको छ विज्ञप्तिमा भनेको छ दमक नगरपालिकाका कर्मचारी पदपूर्तिको नाममा उप प्रमुख देखि सरकारी नेकपाका जिम्मेवार कार्याकर्ताहरुका रआफन्त र आसेपारेलाई बिना प्रक्रिया ढाडो नियुक्त गरेको र उक्त कार्य दकम नगरपालिकाको स्वार्थमा मात्र सिमित नभएर दलाल ससदिय व्यावस्था तथा कथित समाजवाद उनमुख के पि पिके सरकारको चरित्रको प्रतिबिम्ब भएको भनिएको छ।