एजेन्सी । ब्राजिली मिडफिल्डर विलियनले कोपा अमेरिकाको फाईनल खेल गुमाउने भएका छन् । चोटका कारण ब्राजिली मिडफिल्डर विलियनले घरेलु मैदानमा हुने फाईनल खेल गुमाउने भएका हुन् ।
अर्जेन्टिनालाई हराउँदै ब्राजिल प्रतियोगिताको फाईनल पुगेपछि विलियनको चोटको समाचार बाहिर आएको हो । मेडिकल टेष्ट गर्दा उनको तिघ्रामा चोट देखिएको छ । ब्राजिली फुटबल संघले चोटको बिषयमा विस्तृतमा केही बताएको छैन । सोही कारण उनी मैदान फर्कने बिषयमा समेत अन्यौलता छ । तर उनले फाईनल खेल गुमाउने पक्का भएको छ ।
नेयमारले चोटका कारण कोपा अमेरिका गुमाउने भएपछि विलियनलाई ब्राजिली टिममा बोलाईएको थियो । उनले आक्रमक मिडफिल्डरको रुपमा परिचित छन् । फाईनल खेल अगाडी मुख्य खेलाडी घाईते हुदाँ ब्राजिली टिमलाई समस्या परेको छ । ब्राजिलले फाईनलमा सोमबार पेरुसँग खेल्दैछ।