• उर्लाबारी:गरिब तथा बिपन्न समूदायको निमित्त पूर्वी मोरङमा न्यानो अभियान कार्यक्रम सुरु भएको छ ।
    । न्यानो अभियान नेपाल, उर्लाबारीको आयोजनामा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा पौष महिनाभरी न्यानो अभियान कार्यक्रम सञ्चालन गरिने भएको हो । शनिबार उर्लाबारी–८ स्थित बगर टोलमा १४ परिवारलाई कम्बल र बालबालिकाहरुलाई २० थान ज्याकेट वितरण गरिएको छ । सोही अवसरमा गोदावरी हस्पिटल प्रा.लि. उर्लाबारीको सहयोगमा ४० जनाको निःशुल्क स्वास्थ्य परिक्षणको साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले गरिब तथा विपन्न समूदायका निमित्त थालिएको न्यानो अभियानको खुलेर प्रशंसा गरेका छन् । विपन्न समुदायको निमित्त युवाहरुले सकारात्मक कार्य गरेको र आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्न सबै लाग्नु पर्नेमा उनले जोड दिएका छन् । त्यस्तै, उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले न्यानो अभियान कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिए । त्यस्तै, गोदावरी हस्पिटलका सञ्चालक डा. सूर्य नारायण साहले गरिब तथा विपन्न समूदायको उपचारमा विशेष छुटको ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।कार्यक्रममा उर्लाबारी परिवार हङकङका सल्लाहकार पूर्ण वाइवा, उज्यालो समाज दुर्गापुरीका अध्यक्ष हेमराज गुरुङ, न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंगक लिम्बू, बरिष्ठ उपाध्यक्ष सञ्जिब बुढाथोकी, सल्लाहकार ज्ञानु योञ्जन, राजकुमार योञ्जनलगायतको उपस्थिति रहेको थियो ।

    विपन्न समूदायहरुलाई आफ्नो स्वास्थ्य बारेमा जानकारी होस् र न्यानो कपडाको अभावमा पीडित हुनु नपरोस् भनेर विगत चार बर्षदेखि न्यानो अभियान कार्यक्रम सञ्चालन गरिएको अभियानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज बस्नेतले बताएका छन् ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…