• दमक/झापाको शिवसताक्षी ८ का शारिरीक अपाङगता भएका एक बालकलाई लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले एक थान ह्वीचेयर र खाद्यन्न वितरण गरेको छ । क्लबले बिहिबार शिवसताक्षी ८ निबासी १२ बर्षिया रुद्र राउत लाई ६० हजार मूल्य पर्ने ह्वीलचेयर र आमा रञ्जीता गिरी राउतलाई चामल, नुन, तेल लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो । शिवसताक्षी ८ का वडाध्यक्ष केहरसिंह बस्नेतको प्रमुख आतिथ्य र लायन्स क्लब इटहरी स्मार्ट सिटीका अध्यक्ष नेल्सन थानेश्वर ढकालको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा लायन्सका क्लब इन्टरनेशनल डिस्ट्रीक ए वान ३२५ का चिफ एरिया को अर्डिनेटर बबरजंग थापा ( किरण) को विशेष उपस्थिती रहेको थियो । सो अवसरमा क्लबका चार्टर प्रेसिडेन्ट राजेन्द्रकेशरी घिमिरेले मन्तव्य राखेका थिए भने क्लबका प्रथम उपाध्यक्ष लक्ष्मी बरालले कार्यक्रमका बारेमा प्रष्टपारेकी थिइन । कार्यक्रमको सञ्चालन क्लबका सेक्रेटरी गणेश ओलीले गरेका थिए ।कार्यक्रममा लायन्स क्लबअफ युनाईटेका अध्यक्ष संदिप बस्नेत द्वितिय उपाध्यक्ष साजन श्रेठ लगायत को उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…