• उर्लाबारी:अंग्रेजी नयाँ बर्षको अवसरमा गायिका तिर्सना गुरुङले मोरङको उर्लाबारीमा आफ्नो प्रस्तुति दिने भएकी छिन् । नयाँ बर्षको जनवरी ३ तारिकमा उर्लाबारी–७ स्थित चेरी टमोटो होटलमा गायिका गुरुङले प्रस्तुति दिने भएकी हुन् । गायिका गुरुङका ‘साँझको बेला......’ लगायत धेरै गीत चर्चित छन् । अंग्रेजी नयाँ बर्षको अवसरमा उर्लाबारीलाई संगीतमय बनाउने होटलका सञ्चालक दिनेश श्रेष्ठले बताएका छन् । कार्यक्रममा करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जानकारी दिएका छन् । उर्लाबारीमा संगीतप्रेमीहरुलाई मध्यनगर गर्दै सञ्चालनमा ल्याइएको चेरी टमोटो होटलले छोटो समयमै आफूलाई स्थापित गराएको छ । यसअघि गायक रामकृष्ण ढकाललगायत आधा दर्जनभन्दा चर्चित गायकहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…