शुभकामना झमक
**************
सर्व प्रथम जन्मदिनको
असेष शुभकामना झमक!
खै कसरी सुरु गरौं ?
कलम टक्क अडिन्छ
काप्छन् यि हातहरु लाजले
घोत्लिन्छ यो मस्तिष्क
यो मन मुटु भन्न अवाक छ
खै तैले के गरिस् ?
के दिईस् तैले
यो धर्तीमा जन्म लिएर
भगवानले तलाई
सवलाङ्ग पठाका थिए
तेरा सक्षमता खै?
खै तेरो अस्तित्व?
तॅ को होस्?
खै तेरो नाम?
उफ् लाग्छ प्रश्नका बाॅध
रन्थनिन्छ मेरा
मन मस्तिष्क,शिरा धमनी
वेवस ,लाचार,बाध्य
यि नयन टलपल
हृदय छियाछिया
हुन्छ र पनि
सम्हाल्दै
तिमी" झमक" सम्झन्छु
ओहो तिम्रा ती
विशालअस्तित्व
अथक मेहनती
अविरल ज्ञान वर्षा
अदम्य साहस
अक्षारम्भका पीडा
लिङ्ग भेदका
विकलाङ्ग शरीरका
एकाकीपनका
ती भोजन लिनका
सारा पीडा देखि
अथक प्रयासका
ती संघर्षका पानाहरु
अनायास पल्टिन्छन्
खरखरी
ती तिम्रा साहित्यका
रुची,जीवन दर्शनको
खण्डन
सवलाङ्ग भन्दा बृहत
विशाल सकारात्मकता
वा!यस धर्तीकी सही
योग्य एक सबल सन्तान
मानसिकता की
तिमीमा गौरव गर्छ
नेपाली साहित्य
नारी समुह
जन्मदाता
सिङ्गो नेपाल
एकदिन
विश्वले पनि!
बधाई छ!
उत्तरोत्तरको प्रगती होस्
तिम्रा ती भावना
शिखर झैं उच्चता मा पुगुन्
यहि जन्म दिनको
शुभकामना।
शर्मिला श्रेष्ठ(ललितपुर)