• उर्लाबारी/सामुदायिक विकास मञ्च उर्लाबारीको २०औँ साधरणसभा शनिबार सम्पन्न भएकोे छ । सचिव प्रेमबहादुर बोहोरले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा संस्थाले विश्व युवा दिवसको अवसर पारेर स्वास्थ्य दौड कार्यक्रम,निशान भट्टराईलाई नेपाल आइडलमा जिताउनका लागि पूर्ण रुपले लागिपरेका,मतदाता शिक्षा कार्यक्रम सञ्चालन,सरसफाई कार्यक्रम,दशैको अवसर पारेर वडा नम्बर ५ मा लिंगे पिङ सञ्चालन गरेको लगायतका कार्यहरु उल्लेख गरिएको छ ।

    संस्थाले सस्कृति जगेर्ना गर्ने हेतुले गत तिहारमा देउसीभैलो कार्यक्रम सञ्चालन तथा विश्व जेष्ठ नागरिक दिवसकोे अवसर पारेर उर्लाबारीकोे वडा नम्बर ५ ६का जेष्ठ नागरिकहरुलाई सम्मान गरेको सचिव बोहोराले बताए । यस्तै,संस्थाले अपांग भएका स्थानीय एक युवालाई ह्विलचेयर र हात्तिपाडितलाई आर्र्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।



    यस्तै,कोषाध्यक्ष प्रभु दिलुङ्छा रार्ईद्वरा प्र्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष ०७३/०७४मा दुई लाख चार हजार चार सय १० रुपै“या आम्दानी र खर्चतर्फ ७५ हजार सात सय १६ र शुद्ध बचत एक लाख २८ हजार ६ सय ९४ रुपैया रहेको उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा संस्थाले तीन लाख पचास रुपैयाकोे अक्षयकोष स्थापना गरिसकेको उनले जनाए । अक्षयकोषबाट आउने ब्याजबाट संस्था सञ्चालन र सामाजिक कार्यहरुमा खर्चिने राईले बताए ।

    अध्यक्ष डुण्डुराज भट्टराईले संस्थाले गरेका गतिविधिको बारे जानकारी दिएका थिए । उनले संस्थाले स्थापनाकालदेखि हालसम्म भएका गतिविधिहरुको बारेमा संक्षिप्त रुपमा बताउदै द्वन्दकालमा संस्था निष्कृय हुन पुगेकोे बताए । संस्थाले आफ्नो भावी कार्यक्रममा बालबालबालिकाहरुलाई लत्ताकपडा वितरण,हजिरीजवाफ प्रतियोेगिता सञ्चालन,स्वास्थ्य शिविर सञ्चालन,एक घर एक फल कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

    कार्यक्रममा उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागोकोे प्र्रमुख आतिथ्य,वडा नम्बर ६का वडाध्यक्ष चिन्तामणि पौडेल,सूर्र्यबचत साकोसका अध्यक्ष तेजनाथ घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

    २०५० सालमा सामाज कल्याण युवा समूहको नाममा स्थापना भएको यो संस्था २०५५ सालमा सामुदायिक विकास मञ्चकोे रुपमा दर्ता भएर आप्mनो गतिविधि सञ्चालन गर्दैै आएकोे छ । हालसम्म संस्थालाई १० जनाले नेतृृत्व गरिसकेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…