राजु पोखरेल
दमक / दमक नगरपालिकामा सन्चालित निजी + २ हरुले विद्यालयलाई प्रलोभनमा पारेर विद्यार्थी ल्याउन थालेका छन् ।
दमकमा चलेका उच्च शिक्षा दिने भनिएका विद्यालयको यस्तो हर्कत बाहिर आएको हो । दमक ६ मा रहेको ग्लोबल बोर्डिङले प्रति विद्यार्थी २ हजार ५ सयसम्म दिने प्रस्ताव विद्यालयसग गरेको छ । उसले विद्यार्थी संख्या अनुसार विद्यालय हेरेर कमिसन प्रस्ताव गरेको एक जना प्रध्यानाध्यापकले बताए । उनका अनुसार ग्लोबलका प्रिन्सिपल गुणराज अधिकारी स्वयम विद्यालयमा पुगेर प्रन्सिपल समक्ष कमिसन प्रस्ताव गरेका छन् । उनका अनुसार ग्लोबलले २० जना विद्यार्थी पठाए विद्यालयलाई थप सहयोग गर्ने अश्वासन दिएका छन् ।
तर ती प्रिन्सिपलले विद्यार्थीलाई त्यस्तो दबाब नदिएको बताए । हामीले दबाब दिएको छैनौं, २÷४ पैसाको लोभमा विद्यार्थीको इच्छा मार्न सकिदैन, ती प्रन्सिपलले भने, हामी उनीहरुको इच्छा अनुसार स्वतन्त्र छाडेका छौँ । ग्लोबलका अध्यक्ष खेम भण्डारी यसमा संलग्न छन्, उनले विभित्र दबाब दिएर विद्यार्थीलाई भर्ना गराउन स्कुल सम्म पुगेका छन् ।
अर्को एक निजी विद्यालयका संस्थापकका अनुसार भण्डारीले राजनीतिक पहूँच भएको भनेर विद्यार्थी ल्याउन दबाब दिने गरेको छन् । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याब्सनको दमक नगर कोषाध्यक्ष नविन योगीले अनावश्यक दबाब र प्रलोभनमा विद्यार्थी भर्नामा दबाब दिन नसकिने बताए । उनले विद्यार्थीको ईच्छा अनुसार पढ्ने वातावरण बनाउन पर्ने उल्लेख गरे ।