असार २२, पथरी ।
प्रदेश १ को स्वास्थ जीवन प्रबर्द्धन अभियानको मोरङ्गको पथरी शनिश्चरे नगरपालिका बाट शुभारम्भ गर्दै हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मूसले सत्कर्म गर्न सवैलाई आग्रह गरेका छन् ।
योगा गरौँ, स्वस्थ खानेकुरा खाऔँ, निरन्तर व्यायाम गरौँ, धूम्रपान ,मद्यपान नगरौँ जस्ता नाराहरुलाई आत्मसाथ गर्दै आजबाट सो अभियानको औपचारिक उद्घाटन भएको थियो ।