• उर्लाबारी / बान्तावा राईको मातृभाषामा प्रकाशित मासिक पत्रिका बुङ्वाखाको १३ औ वार्षिकउत्सव तथा तेह्रौ बान्तावा कविता प्रतियोगिता आज शनिबार मोरङ्को उर्लाबारीमा सम्पन्न भएको छ ।

    किरात राई यायोक्खा नगर कार्य समिति उर्लाबारीका अध्यक्ष केशरमान राईको अध्यक्षतामा आयोजित कार्यक्रममा बार्षिकउत्सवको अवसर पारेर बुङ्वाखा विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७४ बाट सानङ्वा एवाईलाई पुरस्कृत गरिएको छ ।

    बुङ्वाखा पञ्चकुमारी संगीत पुरस्कार २०७४बाट राष्ट्रिय गायिका आभा मुकारुङ, बुङ्वाखा रनमाया चेन्चेक्वा पुरस्कार २०७४ बाट राजेन्द्र राई र बुङ्वाखा धनेन्द्र बादिहाङ पुरस्कार २०७४ बाट अलग बहादुर सोङ्मेन पुरस्कृत भएका छन् ।

    त्यसैगरि बान्तावा कविता प्रतियोगितामा भोजपुरकी बन्दना राई प्रथम, पाँचथरका इन्द्र मुकारुङ डाक्बुङ द्धित्तिय र भोजपुरका विजय ग्वाले तृतीय भएका छन् । उनीहरुलाई आयोजकले क्रमश नगद १०, ६ र ४ हजार रुपैयाँ सहित प्रमाणपत्रद्धारा सम्मान गरेको थियो ।

    सोहि कार्यक्रममा बुङ्वाखा दमक संवाददाता धनजित रुङ्माहाङ र मोरङ संबाददाता हर्क साम्पाङ राईलाई प्राध्यापक डाक्टर नोवल किशोर राईले सायाबुङ र आभारपत्र प्रदान गरेका थिए ।

    विभिन्न क्षेत्र र ठाँउमा छरिएर रहेका बान्तावा राईहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक तथा पत्रिकाका सम्पादक पदम राईले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन रिता राराहाङ र असिम बान्तावाले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…