• काठमाडौँ : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
    इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाइएको हो । इसाई धर्मका मुख्य प्रवद्र्धक तथा गुरु जिसस क्राइष्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ का दिन क्रिसमस डे मनाइन्छ । क्रिसमस डेका दिनदेखि लगातार १२ दिनसम्म क्रिसमस टाइमका रुपमा विशेष उत्सव गरिन्छ । जन्मोत्सवको अवसरमा चर्चहरुमा भेला भएर विश्वभरिका क्रिस्चियन धर्मावलम्बीले मुख्य चाडका रुपमा क्रिसमस डे मनाउँदछन् । प्राचीन रोममा इसापूर्व ३५४ देखि क्रिसमस डे मनाउन थालिएको पाइन्छ । नेपालमा क्रिस्चियन धर्मको चार सय वर्षदेखिको इतिहास रहेकामा २०६२/६३ को आन्दोलनपछि धर्र्मिनरपेक्ष राष्ट्र बनेसँगै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको इसाई धर्मावलम्बीहरू बताउँछन् ।

    क्रिस्चियन धर्मशास्त्रको लिखित बाइबल अनुसार पवित्र आत्माबाट गर्भधारण भएर कन्या आमाको कोखबाट येशुको जन्म भएको थियो । इसाई धर्मावलम्बीले मारियम नाम गरेकी ती अविवाहित कन्याको कोखबाट येशुको जन्म भएको विश्वास गर्दछन् । पछि मारियमको विवाह यशुफसँग भएको थियो । सबै धर्म र संस्कृतिको सम्मान स्वरुप आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । यस दिन क्रिस्चियनहरुले शुद्ध हृदयले प्रभु येशुका प्रमुख वचनहरु बाचन गरी प्रार्थना गर्ने गर्दछन् । आजको दिन क्राइष्ट अर्थात् प्रभु येशुको जन्म भएको विश्वास गरिएको छ ।
    आज क्रिसमस ट्रिलाई रङ्गएर बत्ति र खेलौनाहरु सहितले सजाएर झकिझकाउ पार्ने गरिन्छ । सानाका लागि रातो कपडा लगाएको सेतो दाह्रीवाल सन्त क्लजले उपहारमा चकलेट क्यान्डी खेलौना र किताब बाँड्छन् । जिससको खास जन्म महिना र मिति यहि नै हो भन्नेबारे उल्लेख गरिएको पाइदैन । क्राइष्टका अनुयायीहरु सम्मलित वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेको र त्यही मिति नै वास्तविक क्राइष्टको जन्म दिन भएको बताउँदै आएको छ । यद्यपि उक्त मिति पनि जिसस गर्भमा बसिसकेपछिको नौ महिनापछिको भएको बताइन्छ । येशुले सबै मानव समुदायको कल्याणका लागि संसारमा जन्म लिएको भनी उनीहरुका विवाहका बेला भविष्यवाणी भएको थियो । जिसस मानिसलाई अन्याय, अत्याचार तथा विभेदबाट मुक्ति दिलाउन क्रुसमाथि चढेर आफ्नै बलिदान दिने एक सहासिक व्यक्ति हुन् । इसापूर्व सम्वत् अर्थात् इस्वी सम्वत् उनै जिसस क्राइष्टको सम्झनामा प्रारम्भ भएको सम्वत हो । नेपालमा भने सांस्कृतिक कार्यक्रम गरेर शुभकामना साटासाट गरेर क्रिसमस डे मनाइन्छ । नेपालमा करिव आठ हजारभन्दा बढी चर्चहरु रहेकाछन् र आज तिनै चर्चहरुमा क्राइष्टको जन्मोत्सव गरी क्रिसमस डे मनाइदैछ । क्राइष्टको प्रशंसायुक्त प्रार्थनापछि अङ्गरको जुस (दास रस) पिउने र केक काट्ने परम्परा रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…