• बाहुण्डाँगी । दाङ जिल्लाका मनानीय सांसद रेवतीरमण शर्माले मानव जीवनलाई सार्थक बनाउन सतमार्गको बाटोमा सधैँ अघि बढ्नु पर्ने बताउनु भएको छ ।
    लमही जेसीजले आयोजना गरेको ‘समुन्नत समाज निर्माणको लागी युवा’ भन्ने मुख्य नारा सहितका उत्प्रेरणा तालिमको उद्घाटन गर्दै सांसद शर्माले यस्तो बताउनु भएको हो । ‘जेसीजले समाजमा सधैँ सकारात्मक काम गर्दै आम युवाहरुलाई सतमार्गमा हिड्न उत्प्रेरित गरेको छ’ कार्यक्रमका प्रमुख अतिथि शर्माले भन्नु भयो –‘समाजलाई सहि मार्गनिर्देश गर्दै आम युवाहरुलाई सकारात्मक बाटेमा हिडाउन लमही जेसीजले अह भूमिका खेल्नुपर्छ ।’ प्रमुख अतिथि शर्माले जेसीजका माध्यमबाट समाजका हरेक व्यक्तिलाई सहि मार्गमा डोहोर्याउन आग्रह गर्नु भयो ।

    लमही जेसीजका अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्षता तथा माननीय सांसद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको सहजीकरण अन्तराष्ट्रिय प्रशिक्षक जातिरमण भट्टराईले गर्नु भएको थियो ।
    जेसीज आस्था पाठ लमही जेसीजका सचिव भिम भुसालले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन लमही जेसीजका महासचिव वसन्त न्यौपानेले गर्नु भएको थियो ।






सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…