• काठमाडौं । नेपाली कांग्रेसको सवैभन्दा ससक्त भनिएको भ्रातृसंगठन नेपाल बिद्यार्थी संघ पार्टीमा देखिएका तीन गुटको प्रभावमा तीन तिर फर्किएका छन् । नेपाल बिद्यार्थी संघमा अध्यक्ष नैनसिंह महर सभापति देउवा निकट मानिन्छन् । त्यसैगरि उपाध्यक्षत्रय, उर्मिला थपलिया, नविन राई र सागर परियार वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । त्यसैगरि महामन्त्री कुन्दनराज काफ्ले पूर्वमहामन्त्री कृष्ण सिटौला निकट मानिन्छन् । अहिले नेपाल बिद्यार्थी संघ भित्रको यी तीन गुट तीन तिर फर्किएका छन् ।

    पार्टी सभापति देउवा निकट रहेका नेविसंघ अध्यक्ष नैनसिंह महर पार्टी सभापति देउवामाथि पार्टी पराजय भएको जिम्मेवारी लिनुपर्ने भन्दै सर्वत्र आलोचना सुरु भएपछि सभापतिको बचाउ गर्न लागेका छन् । पार्टीका देउवा निकट अन्य भ्रातृ संगठनका पदाधिकारीहरुको भेला गरेर उनी सभापति देउवाको बचाउ गर्दै हिडेका छन् । महरले पार्टी सभापति देउवाको बचाउ गर्दै नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रेस युनियन जस्ता देउवा निकट अध्यक्ष भएका भ्रातृ तथा शुभेच्छुक संस्थाको भेलाको आयोजना गरे ।

    त्यसैगरि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका उपाध्यक्षत्रय, उर्मिला थपलिया, नविन राई र सागर परियारले पार्टी रुपान्तरित कांग्रेसका लागि सुदृढ नेपाल बिद्यार्थी संघ भन्ने अभियान सुरु गरेको छ । यो अभियानको शनिवार बाल्मीकी क्याम्पसबाट सुरुवात गरिएको बताइएको छ । बहुमत केन्द्रीय समितिको अभियान भन्दै यो अभियान संचालन गरिएको हो । नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टाराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान शुरु गरेको उनीहरुले बताएका छन् । भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई उत्त मागपत्र बुझाइने संघकी उपाध्यक्ष उर्मिला थपलियाले बताएकी छन् । भेलामा ११ औँ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मनोजमणि आचार्य ने बि संघ नेताहरू निलकन्ठ रिजाल , दिपक भट्टराई , हिमाल दत्त श्रेष्ठ , पुर्व केन्द्रिय समितिका केन्द्रिय सद्स्यहरु ,मनोज बैद्यका साथै केन्द्रीय समितिका सद्स्य,जिल्ला सभापति ,स्वोबियु सभापति ,ईकाई अध्यक्ष तथा उपत्यकाका बिभिन्न क्याम्पसका बिद्यार्थीको उपस्थिति थियो ।

    पूर्वमहामन्त्री कृष्ण सिटौला निकट रहेका महामन्त्री कुन्दन काफ्लेको समुहले आइतवार राष्ट्रपतिले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश रोकेको भन्दै सडक प्रर्दशनमा उत्रिएको छ । काफ्ले समुहले पनि नेपाल बिद्यार्थी केन्द्रीय समितिको आह्वान भन्दै राष्ट्रपतिविरुद्ध आन्दोलनको उद्घोष गरेको हो । राजधानीको प्रदर्शनीमार्गमा राष्ट्रपतिको असंवैधानिक अडानविरुद्ध आइतवार प्रदर्शन गरेको नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । दिउसो १२ वजेपछि प्रदर्शनीमार्गमा भेला भएर प्रदर्शन गरेका छन् । एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको भन्दै उनीहरु
    सडकमा उत्रिएका हुन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …