• देबु बानियाँ
    बाहुण्डाँगी । एरिया ‘डि’ जुनियर जेसीजको मल्टि च्याप्टर ट्रेनिङ सम्पन्न भएको छ ।
    कोहोलपुर जुनियर जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा काहोलपुर नगरपालिकाका मेयर एलबी रावतले गर्नु भएको थियो ।
    एरिया ‘डि’ मा रहेका ७ वटा शाखाका ९० जना सहभागि तालिमलाई नेपाल जेसीजका ट्रेनर मुक्तिनाथ गैरेले प्रशिक्षण गराउनु भएको थियो ।

    एरिया ‘डि’ जुनियर जेसीजका संयोजक देवराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मातृ शाखा कोहोलपुर जेसीजका अध्यक्ष संगिता पौडेल सुवेदी, जुनियर जेसीजका राष्ट्रिय संयोजक बादल दाहाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिनेश बोहोरा, कोहोलपुर जेसीजका पूर्व अध्यक्षहरु पवन थापा, प्रकाश लामिछाने, बुद्धिबहादुर थापा, कोहोलपुर जुनियर जेसीजका संस्थापक अध्यक्ष लक्ष्मी थापा, धनगढी जुनियर जेसीजका अध्यक्ष सन्तोष पन्त, कोहोलपुर जुनियर जेसीज अध्यक्ष सुरेन्द्र भट्टराईअत्तरिया जुनियर जेसीजका अध्यक्ष मन्जु बस्नेत, नेपालगञ्ज जुनियर जेसीजका अध्यक्ष शिषिर मेचे, विरेन्द्र जुनियर जेसीजका अध्यक्ष विवेचना खनाल, बुटवल जुनियर जेसीजका अध्यक्ष लक्ष्मी अर्याललगायतको सहभागिततामा तालिम सम्पन्न भएको थियो ।
    आतिथ्यता शाखा कोहोलपुर जुनियर जेसीज अध्यक्ष सुरेन्द्र भट्टराईले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन काहोलुर जुनियर जेसीजका सहसचिव सरोज सेन्चुरीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…