• पुस ९,  काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वर रहेको ‘इन्द्रेणीको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। मेलिना राईकै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा केही नयाँ प्रयोग गरिएको छ। कलाकारको पोशाकमा वनस्पतिका पात, फूल र हाँगाहरुसमेत प्रयोग गरिएको छ।

    भिडियोमा निराजन प्रधान र नीता ढुंगाना फिचरिङ छन्। गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ। विशेष गरी भिडियोमा प्रयोग गरिएको पोशाकले चर्चा पाएको छ। भिडियोमा नीता र निराजनको ड्रेस आकर्षक अनि फरक शैलीको छ। इन्द्रेणी एल्बममा समावेश यस गीतमा दियालो सुशन माझीको शब्द र उत्तमजंग लिम्बुको संगीत समावेश छ।

    गीतलाई फणीन्द्र राईले एरेन्ज गरेका हुन्। ‘टौवा क्रियसन’ले तयार पारेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। राजीव समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र उनको टोलीले खिचेका हुन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

    https://www.youtube.com/watch?v=KQLquSTvzHw

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…