आर पोखरेल ,काठमान्डाँै ।
लोकप्रिय गायिका मेलिना राई र गायक नवराज घिसिङको आवाजमा निकै रोमान्टिक ” चिरविर चिरविर ”गीतको भिडियो सलिना म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ  । 
प्रस्तुत गीतमा प्रेम र रोमान्सको समिश्रण रहेको छ  । गीतमा नवराज घिसिङको शब्द तथा अलि खानको संगीत रहेको छ  । आफनी प्रेमीकालाई सुसेल्दै मायालुलाई बोलाउदै गएको कुरालाई गीतमा समेटिएको छ  । 
सुरेश श्रेष्ठको छायाँकन  , उत्तम कुमार कार्कीको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ  । ” चिरविर चिरविर ” गीतको भिडियोमा अञ्जली अधिकारी र नवराज घिसिङको फिचरिङ रहेको छ । 
” चिरविर चिरविर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला । 
                                