• आसार, २५ पथरी ।
    मोरङको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नेलाई माला लगाएर आफ्नो नगरमा स्वागत गर्ने बताएका छन् ।
    नगरमा भ्रष्टचार विरोधी अभियानको थालनी गर्ने सुनेपछि मेयर फागोले उक्त अभियानलाई स्वागत गर्दै भ्रष्टचार विरोधी अभियन्ताहरूलाई फुलमाला लगाएर स्वागत गर्ने घोषणा गरेका हुन् ।
    मेयर फागोले भने,“अहिले जनताहरू जान्ने बुझ्ने छन् । कसले कति काम गरेको भ्रष्टचार गरे नगरेको सबै कुरा थाहा पाउँछन् । उर्लावारीमा पनि यो अभियान सञ्चालन गर्नु राम्रो हो । अभियान सञ्चालन गर्नेलाई फुलमाला लगाएर स्वागत गर्छु । “
    मेयर फागोले आफू भ्रष्टचार पनि नगर्ने र भ्रष्टचार गर्ने जोकोहीलाई नछाड्ने बताउदै आएका छन् ।
    उनले कुनै जनप्रतिनिधि र कर्मचारी भ्रष्टचार वा लेनदेनको विषयमा नाम जोडिएको भए आफु तत्काल कार्वाही गर्न र भोग्न तयार रहेको समेत वताएका छन् ।
    यदि कोही कतै त्यस्तो भेटिए तत्काल आफुलाई जानकारी दिन समेत उनले आग्रह गरेका छन् ।
    त्यस्ता आर्थिक अनियमितता गर्ने जनप्रतिनिधि वा कर्मचारीलाई तत्काल कारवाही गरी सार्वजनिक गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …