• झापा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार देशैभरिवाट प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो ।

    तरकारी उपहारसहित ज्ञापन पत्र बुझाउदै झापा नेविसंघको टोली ।
    भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य निरज अग्रवालले जानकारी दिए ।
    यसैक्रममा नेविसंघ झापाले आजनै जिल्ला प्रशासन कार्यालयमार्फत प्रम ओलीलाई बिषाक्त तरकारी उपहार स्वरुप पठाईएको संघका जिल्ला नेता भवानी काफ्लेले बताए । ज्ञापन पत्रसहित आयातित तरकारी वुझाउन संघका जिल्ला सभापति राजेन्द्र उप्रेती,सचिव नारायण नेपाल,प्रवक्ता सञ्जय निरौला, कोषाध्यक्ष नवराज ढकाललगायतका टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
    गत आइतबार नेविसंघले मंगलबार देशभरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरिएको थियो । आन्दोलन अन्तरगत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो ।
    आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि बुधबार विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण र असार २६ गते मसाल जुलुस र असार २७ गते माइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने संघले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…