• झापा । प्रदेश सरकारले दिएको एक करोड रुपैयाँको लागतमा शिवसताक्षीको दूधेदेखि बच्चाबगर जोड्ने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । प्रदेश सरकार, शिवसताक्षी नगरपालिका र स्थानीय समुदायको सहभागितामा सडकको कालोपत्रे हुने भनिएको थियो ।

    तर, शिवसताक्षी नगरपालिकाले उक्त सडकमा कालोपत्रे गर्न चासो नदेखाएपछि ढिलोगरी काम सुरु भएको स्थानीय नरबहादुर राईले बताए । ड्रेन टु ड्रेन कालोपत्रे गर्ने गरी स्थानीयबासी नगरपालिकामा डेलिगेसन गएका थिए ।

    तर, नगरले ढिलागरी साझेदारीमा पैसा दिन बजेट नभएको बताएपछि असार १५ गतेदेखि नगरको ११ नम्वर वडामा पर्ने उक्त सडकको कालोपत्रे निर्माण सुरु भएको राईले बताए ।प्रदेश सरकारको १ करोड रुपैयाँ बजेटमा दुवैतर्फ ९७० मिटर स्तरीय डे«न निर्माण भएको छ भने ६५० मिटर सडकमा १३ फिट कालोपत्रे हुने निर्माण व्यवसायी भीम साँवाले बताए ।

    झापा निर्वाचन क्षेत्र नम्बर ४ (क) का सांसद झलकबहादुर दर्लामी मगरको निर्वाचन क्षेत्रमा चालु वर्षको यो अवधिसम्म २५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै स्तरीय ग्राभेल पनि ३० किलोमिटर भएको उनका स्वकीय सचित दुर्गा नेम्वाङ्गले बताए ।सांसद मगरले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि मात्र यो वर्ष २५ करोड रुपैयाँ प्रदेश सरकारबाट भित्राएर ९७ प्रतिशत निर्माणका काम सम्पन्न गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…