• जलेश्वर, असार २७ गते । दुई दिनदेखि लगातार परिरहेको पानीको कारणले महोत्तरी जिल्लाको रातो, बिग्ही, माढा, जँघा, भब्सीसहितका नदिहरुमा जलस्तर बढेको छ । जसका कारणले बाँधहरु भत्काउने खतरा बढेको छ ।
    महोत्तरी जिल्लाको रातो नदिले बलवा नगरपालिका वडानं. ११ को भलनीमा तटबन्ध भत्काउने खतरा बढेपछि जिल्ला विपद व्यवस्थापन समितिले तत्कालै सुरक्षा निकाय परिचालन गरेर मरम्मतको काम थालेको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितलाई परिचालन गरेर तटबन्ध कटान रोक्ने प्रयास थालिएको बताउनुभयो । उहाँले तटबन्ध कटान रोक्नको लागि बाँस तथा बोरामा बालुवा हालेर प्रयास थालिएको बताउनुभयो ।

    उहाँले प्रकोपभन्दा अगाडी नै आफुहरु ‘सर्च एण्ड रेस्क्यू’को लागि सबै सरोकारबालाहरुलाई यथास्थितीमा राखि सकिएको बताउनुहुदै प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरणको लागि हरसम्भव प्रयास थालिने वताउनुभयो ।
    रातु र बिग्ही नदिको छेउछाउमा रहेको भङ्गहा, बलवा, लोहारपट्टी, बर्दिबास, मटिहानी नगरपालिका र पिपरा गाउँपालिकालाई प्रकोपको क्षतिबाट न्यूनीकरणको लागि ‘सर्च एण्ड रेस्क्यू’को तयारी अवस्थामा राखिएको छ ।

    हरेक दिन साँझ प्रमुख जिल्ला अधिकारी आफैले मौसम सम्बन्धी जानकारीहरु सार्वजनिक सञ्जालमा राखेर सबै सरोकारबाला निकायहरुलाई तयार रहन निर्देशन दिइरहनुभएको छ ।
    बाढीबाट जिल्लामा कहिकतै क्षतिको जानकारी नआएपनि अहिले स्थानीयतहरुले गरेको विकासे निर्माणको कारणले भने सयौ घरमा पानी पसेको छ ।

    घरभन्दा सडक माथि भएको कारणले जिल्लाको धेरै नगरपालिका र गाउँपालिकाहरुमा रहेका घरहरुमा पानी पसेको छ ।
    जलेश्वर नगरपालिका वडानं. ४ का सुर्यकिशोर लाल कर्णले दुई दिनदेखि परेको पानीको कारणले घरमा पानी पसेको बताउनुहुदै अहिलेका स्थानीयतहका प्रमुखहरुको लापरवाहीका कारण यस्तो भएको बताउनुभएको छ ।

    स्थानीयतहका पदाधिकारीहरूले क्षतिको आँकलन नै नगरी जथाभावी रुपमा नाला नै नबनाई सडक ढलान गरेको कारणले घरमा पानी पसेको देखिएको छ ।
    अहिले पनि पानी पर्ने क्रम जारी रहेकोले सबैलाई सचेत रहन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । साथै त्यस्तो कुनै सुचना प्राप्त भएमा सुरक्षाकर्मीहरुलाई सम्पर्क गर्न समेत भनिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…