• असार, २९ पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष जय वहादुर तामाङले मुसहर वस्तीमा खाध्य सामाग्री वितरण गरेका छन् ।
    निरन्तरको झरी वाट पिडित वनेका मुसरहर समुदायका ३५ घर–परिवारलाई प्रति परिवार १० केजीका दरले चामल वितरण गरेका हुन ।
    तामाङले गरेको सो सानो सहयोग वाट वाढीको भुमरीमा परेर रोजी रोटी गर्न वाट वञ्चीत उनिहरुको अनुहारमा मुस्कान छाएको देखिएको थियो । राहत पाएपछि उनिहरुको एउटै आवज थियो “वडा अध्यक्ष हुन त यस्ता” !


    नगरको दक्षिणी भेगको यो वडा वर्षातको समयमा अन्य वडाको अन्दा डुवानमा पर्ने गरेको छ ।
    वर्षेनी जसो नजिकै रहेको बक्राह खोलाको चपेटामा पर्दै आएको यस वडामा अधिकाश किसान परिवारको वसोवास रहेको छ ।
    दैनिक जसो ज्याला मजदुरी गरेर जिवन यापन गर्दै आएको ऋषिदेव परिवार, अन्य आदिवासी जनजाती र तल्लो आर्थाीक स्तर भएका आफ्नो वडाका वासीन्दालाई सानो सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको उनले वताए ।
    जनताको प्रतिनिधि भएको हिसावले यस वेला जनताले भोग्नु परेको समस्यामा अफुु् जुन सुकै वेला साथ दिन तयार रहेको तामाङले वताए ।
    आईतवार वडा नम्वर ६ को वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सो राहत समाग्री वितरण गरिएको हो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …