१० पुस, काभ्रे । चिसो बढेसँगै कोठालाई न्यानो राख्न हिटरको प्रयोग गर्ने क्रम बढेको छ । तर, काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाले ज्यान गुमाउनु परेकाे छ ।
हिटरबाट सल्किएको आगोमा जलेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा आइतबार राति एकजनाको मृत्यु भएको हाे ।
हिटरबाट सल्केकाे अागाेमा परी भारतीय नागरिक सुजित जैसवालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले हिटरबाट सल्केकाे अागाेमा परी आइतबार राति ११ बजे निर्माणसम्बन्धी काम गर्ने भारतीय नागरिककाे ज्यान गएकाे पुष्टि गरे ।
प्रहरीले घटनाबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।