उर्लावारी/ब्रेन ट्युमर राेगबाट ग्रसित उर्लावारी-३की भगवति थारूकाे उपचारका लागि युवा संघ उर्लावारीले अार्थिक सहयाेग गरेकाे छ । अाइतबार विहान युवा संघ माेरङ-९का पुर्व क्षेत्रीय अध्यक्ष विकल राई,युवा संघ उर्लावारी नगर अध्यक्ष रविन लामा,युवा संघ माेरङ जिल्ला सदस्य भिष्म बुढाथाेकी,युवा संघ क्षेत्रीय सदस्य अशाेक जबेगूले संयुक्त रूपमा नगद ९ हजार ५ सय हस्तान्तरण गरेका छन् । साे नगद थारू बचाउ अभियानका संयाेजक महेन्द्र तामाङ र पीडितका छाेराहरूलाइ हस्तान्तरण गरिएकाे थियाे ।
दयनिय अार्थिक अवस्था भएकी थारूकाे उपचारका लागि नाेबल अस्पतालमा लगिएकाे छ ।