• किसोर श्रेष्ठ
    उर्लाबारी, १० पुस । बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उदेश्य सहित नेपाल रेडक्रस सोसाइटीले विभिन्न जिल्लाहरुमा सडक सुरक्षा सप्ताह कार्यक्रमको आयोजना गरिरहेको छ ।
    झापा, मोरङ, सुनसरी र सप्तरीका विभिन्न शहरहरुमा आयोजना गरिएको यस कार्यक्रममा सडक सुरक्षा कार्यक्रम, समुदायमा प्राथमिक उपचारको जनचेतना, जेब्राक्रस निर्माण, सडक सुरक्षा अभिमुखी करण, प्राथमिक उपचार तालिम लगायतका कार्यक्रम भएका छन् ।
    नेपाल रेडक्रस मोरङ जिल्ला शाखाले जिल्लाका विभिन्न शहरहरुमा सडक सुरक्षा सप्ताह कार्यक्रमलाई अन्य जिल्लाहरूमा भन्दा सशक्त ढंगले गरिरहेको छ । युवा रेडक्रस सर्कल उर्लाबारीले नगरका विभिन्न स्थानहरूमा युवाहरुको प्रत्यक्ष सहभागीतामा सडक सुरक्षा सम्बन्धि जानकारी मुलक कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

    यस्तै विभिन्न स्थानहरुमा जेब्राक्रस निर्माण कार्यलाई पनि तीव्रता दिएको युरेस उर्लाबारीका सभापति सुनिल बरालले जानकारी दिएका छन् । बरालका अनुसार पछिल्लो समय ट्राफिक नियम उल्लंघनका घटना बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न पनि युरेस उर्लाबारीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
    पुस ५ गतेदेखि सुरु भएको सप्ताह कार्यक्रम पुस ११ गतेसम्म चल्ने छ भने सोही दिन यसको समापन गरिने आयोजक नेपाल रेडक्रस सोसाइटी मोरङले जानकारी गराएको छ । 



    समापन कार्यक्रममा २४ जना पुर्ब प्रशिक्षार्थीहरुलाई रिफ्रेसर फस्ट एड तालिमको पनि आयोजना गरिएको युरेस उर्लाबारीका अध्यक्ष बरालले जानकारी गराएका छन् । तालिमलाई सुरेन्द्र गिरि, उद्वब कुमार कार्की र सभापति बरालले सहजीकरण गर्ने भएका छन् । समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुबोध कुमार सिंह ,उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीका सभापति मदनबाबु प्रसाई, उर्लाबारी ट्राफिक प्रमुख लक्ष्मी ओझाको उपस्थिति रहनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…