• बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेको जुनियर जेसीजको आठौँ राष्ट्रिय एकाडेमी आउँदो साउन ३१ र ३२ गते धुलावारीमा हुने भएको छ ।
    नेपाल जेसीजको आयोजना र धुलावारी जेसीजको आतिथ्यतामा हुन लागेको राष्ट्रिय एकाडेमीमा देशभरका ३० वटा शाखा र २ वटा प्रस्तावित गरी १ सय ५० जना जुनियर जेसीज युवाहरुको सहभागिता रहनेछ । एकाडेमीका लागि धुलावारी जुनियर जेसीजका संस्थापक अध्यक्ष शुलभ भण्डारीलाई निर्देशकमा चयन गरिएको छ ।
    एकाडेमीका लागि १० सदस्यीय मुल समिति गठन गरिएकोे छ ।
    जसमा धुलावारी जुनियर जेसीजकी अध्यक्ष जान्वी दाहाल, विजेता डागी (प्रचार प्रसार समिती सयोजक) आर्यन पौडेल (आर्थिक समिती सयोजक) स्नेहा भण्डारी (अतिथी सत्कार समिती सयोजक) जिवराज घिमिरे (हल व्यवस्थापन सयोजक) सचेत घिमिरे (आवास सयोजक) शैलेश गौतम (खाद्यन्न व्यवस्थापन सयोजक) रुक्साना शिवाकोटी (कार्यक्रम व्यवस्थापन सयोजक) बिपना काफ्ले (स्मारिका प्रकासन समिती सयोजक) चयन गरिएको छ ।
    यसैगरी एकाडेमी सफल पार्न ६ जना सल्लाहाकार चयन गरेको छ । सल्लहकारहरुमा धुलावारी जेसीजका पूर्व अध्यक्ष कष्ण कनाल, पूर्व अध्यक्ष सिनेटर अनन्त प्रकाश वस्ती धुलावारी जेसीजका अध्यक्ष केशब पोख्रेल, कोषाध्यक्ष सागर खनाल बाहुण्डाँगी जेसीजका अध्यक्ष कन्चन उप्रेती, मेचीनगर लेडी जेसीजकी अध्यक्ष मन्जु खनाल, चारआली जेसीजका अध्यक्ष उत्तम पकुवाल रहेका छन् ।
    सन् 2012 मा धरान जुनियर जेसीजले पहिलो पटक आतिथ्य गरेको जुनियर जेसिज एकाडेमी 2019 मा जेसिज एकाडेमी कै मोडलमा आठौं पटकको एकेडेमि यहि साउन ३१ र ३२ गते धुलाबारीमा हुने भएका हो ।

    दुई दिन सम्म हुने सो राष्ट्रिय कार्यक्रममा विभिन्न शेशनमा तालिम र एसेम्ली हुनछन् । कार्यक्रम पासाङ्ग ल्हामु स्मृती जेसिज प्रतिष्ठानको सभाहलमा हुनेछ ।
    फोटो लिलाप्रसाद भण्डारीको फेसबुकबाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…