उर्लाबारी पुश १० गते ।
अन्तरपार्टी महिला सञ्जाल उर्लावारीको अध्यक्ष पदमा शर्शु गुरूङ सर्वसम्मत रूपमा चयन भएकी छिन । सोमबार भएको सञ्जालको पुर्नगठनले गुरूङलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रूपा निरौला, सचिवमा गिता खतिवडा, सहसचिवमा रामप्यारी तामाङ र कोषाध्यक्षमा रमा थापा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा रेखा पोखरेल, सिर्जना पौडेल, दुर्गा शर्मा दाहाल र अन्जु लिङ्देन र सिता थापा रहेका छन् ।