• बीरेन्द्रकुमार साह बिराटनगर । मोरडको सुनबर्शी नगरपालिका कि २१ बर्षिय सम्झना दर्नाल सानैदेखी नित्य गर्न माहिर छिन। उनी गाउँघरमा हुने प्रायजसो कार्यक्रमहरुमा भाग लिने गर्थिन र पुरस्कृत समेत हुन्थिन् । सम्झनाको कला मोहकै कारण केही गर्ने आशा बोकेरउनी बिराटनगर आईन र आफ्नो पहिलो म्युजिक भिडियो चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको तिमले धोका दिएर नै खुशी जीवन पाए मैले बोलको गीतबाट सम्झनाले नेपाली म्युजिक भिडियो क्षेत्रमा आफ्नो पहिलो पाईला चालिन र सबै तिर बाट पहिलो भिडियोबाट नै राम्रो प्रतिकृया आएको सम्झना बताउछिन् ।
    आफ्नो पहिलो म्युजिक भिडियोपछि मैले धेरै नै स्टेज शोहरुमा आफ्नो प्रस्तुती दिए सम्झनाले थपिन् । दीपक किरातिको स्वरमा रहेको “तिमी हास्नु अर्कैसँग खुशिमा रमाएर” सम्झनाको दोर्सो म्युजिक भिडियो हो। यो म्युजिक भिडियोबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले त्यसपछी म्युजिक भिडियोमा अभिनय गरेकी छैनन्। उनी भन्छिन राम्रो गीत आयो भने मात्र म्युजिक भिडियोमा अभिनय गर्छु नभए गर्दिन किनभने गीत राम्रो भयोभने अभिनय गर्न नि राम्रो लाग्छ सम्झनाले भनिन् । गत हप्ता मात्र उनले आफ्नो फोटोसुट सकेकी फेरि पनि नयाँ म्युजिक भिडियोमा अभिनय गर्न लागेको पनि बताईन।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…