• बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको वर्ष २०१९ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ । लेडी जेसीजले यो वर्ष जेसीज सप्ताहलाई तालिम सप्ताहका रुपमा एक हप्ताभरी विभिन्न तालिम गरी मनाउने छ ।
    मेचीनगर ८ मा रहेको आदर्श माविमा आयोजित एक कायक्रमका बिच नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त एकराज गिरीले तालिमको सप्ताहको उद्घाटन गर्नु भएको थियो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय आयुकत गिरीले वर्ष २०१९ लाई नेपाल जेसीजमा रहेका १ सय ५० वटै शाखाहरुमा तालिममय बनाउँने योजना रहेको बताउनु भयो । उहाँले मेचीनगर लेडी जेसीजले सप्ताहलाई तालिम सप्ताहका रुपमा सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
    तालिमको पहिलो दिन शाखाकी संस्थापक अध्यक्ष कविता शर्माले प्रशिक्षण गराउनु भएको थियो । नेतृत्व विकास सम्बन्धि तालिममा मेचीनगर ५, ७ र ८ का महिलाहरुको सहभागिता रहेको थियो ।
    शाखाकी अध्यक्ष मञ्जु खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका एरिया ए का थिम डाइरेक्टर अजय देव, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेलले बोल्नु भएको थियो ।
    शाखाकी तालिम संयोजक रश्मि थापाले स्वागत गर्नु भएको कार्यक्रमको आस्थापाठ अनिता गुरागाई र सञ्चालन महासचिव गिता ओझाले गर्नु भएको थियो ।
    सप्ताह अन्तर्गत माइनुट लेखन, तनाव व्यवस्थापन, संसदीय बैठक प्रणाली, दिगो विकासको लक्ष्य तथा नेतृत्व विकास, उत्प्रेरणा तथा भाषणकला तालिमको आयोजना गरिएको छ । सप्ताह अन्र्गतको तालिम साउन ९ गतेसम्म सञ्चालन हुनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…