• बाहुण्डाँगी । धनकुटा बजारलाई सुन्दर नगरी बनाउन, पर्यटन प्रवर्द्धन गर्न र वातावरण संरक्षण गर्न सहयोग पुरयाउने उदेश्यले बुधवार प्रस्तावित धनकुटा लेडी जेसीजको आयोजनामा विरुवा वितरण गरिएको छ । भू संरक्षण कार्यालय धनकुटाको सहयोगमा वडा नम्बर ५ मा रहेका ८५० घरधुरीलाई विभिन्न प्रजातीका विरुवाहरु वितरण गर्न सुरु गरिएको हो । विरुवाहरुमा फुल, धुपी र बिभिन्न प्रजातीको बिरूवा रहेका छन् ।
    शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको सभापत्वि तथा वडा नम्बर ५ कि महिला सदस्य सिता प्रधानको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासँघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, जल तथा भु संरक्षण कार्यलय धनकुटाका कार्यलय प्रमुख, मिसन मुस्कान पर्यटन प्रर्वधन केन्द्रकी अध्यक्ष कुसुम राना, धनकुटा पर्यटन बिकास समितिका अध्यक्ष विजय सन्तोषी राई र स्टेप धनकुटाका अध्यक्ष रजत पोखरेललगायतको सहभागितामा विरुवा वितरण गरिएको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…