• राजु पोख्रेल

    झापा / पथरीमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरले एक ग्राहकलाई १ सय रुपैयाँको गिलास दुई सय तिराएको छ।

    जुस खान गरएका दमकका एल पी अधीकारीले १ सयको गिलासको २ सय तिर्नु परोको हो । अधीकारी बुधबार गोर्खा डिपार्टमेन्ट स्टोरको पथरी साखामा जुस खान गएका थिए जुस खाने क्रममा उनले प्रयोग गरेको गिलास फुटेपछि उनले गिलास बापतको दुई सय जरिमाना तिर्नु परेको हो ।

    अधीकारी भन्छन् मैले जुसखाने क्रममा गिलास फुट्यो काउन्टरमा गएर गिलास वापतको रकम तिर्न गए त्यहा रहेका कर्नचारीले गिलाएको रकम २ सय लाग्ने भनेपछि तिरे तर मैले तिरेको रकमको बिल माग्दा पनि नदिए पछि गोर्खाकै तल्लो तलामा रहेको गिलास पाउने ठाउमा जादा उक्त फुटेको गिलासको एकम एक सय पर्ने र त्यहा रहेको स्टाफ संग बुझ्दा जुसमा प्रयोग भएको गिलास सोही अनुरुपको भएको भने पछि उक्त गिलस बोकी फुटकट पुगेर आफुले गुनासो गर्दा १ सय फिर्ता दिएको बताए ।

    उनले पैसा त फिर्ता पाए तर बिल पाउन सकेनन् । यश विषयमा कुरा गर्दा पथरी साखाका प्रशासन कर्मचारी हरि दाहाल आफुहरुको कमजोरी भएको बताउछन् हामी संगको कुराकानी मा दाहाल भन्छन् । गल्ति भयो कि माफि दिनुहोस् ,की समाचार लेख्नुहोस।यो समाचर तयार पर्ने क्रममा गोर्खाले अधिकारीलाई बिल दिएको छ ।

    तर उनले यो बताईरहदा गोर्खा डिपार्टमेन्ट स्टोर को मुल्यमा प्रश्न उठन थालेको छ । एल पी मात्र होइन धेरैलाई यसरी रकम लिएर बिल भने नदिएको ग्राहकहरु बताउछन । रकम काउन्टरमा बसेका एक कर्मचारी भन्छन् यस्तोको बिल हुदैन हामी यी रकम हरु जम्मा गरेर महिना वा बीस दिनमा प्रधान कार्यलय इटहरी पठाउने गर्दछौ । पछील्लो पटक गोर्खाका खाना र अन्य सामाग्रीहरु कम गुणस्तर युक्त हुने गरेको ग्राहकहरुले आरोप लाउने गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…