• काठमाडौं पुस १० गते ।

    लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले एमाले र माओवादीको पार्टी एकतासँगै आफुहरुले उठाईरहेको मुद्धाहरु स्थापित हुनुपर्ने माग राख्दैं आदिवासी जनजाति राष्ट्रिय महासंघ नेपाललाई ज्ञापन पत्र बुझाएको छ ।



    मोर्चाका केन्द्रीय अध्यक्ष मुक्साहाङ मेन्याङ्बो र महासचिब पकन्दी लिम्बूले हस्ताक्षर गरेको ज्ञापन पत्र बरिष्ठ उपाध्यक्ष संखरध्वज नेम्बाङको  नेतृत्वमा महासंघका महासचिब सुरेश आले मगरलाई बुझाएका हुन् । ज्ञापन पत्रमा पार्टी एकताको लागि शुभकामना समेत दिइएको छ ।

    ‘एकात्मक केन्द्रीकृत सामान्ति राज्यसत्ताबाट सदिऔं देखि उत्पीडनमा परेका आदिवासी जनजाति,मधेसी,दलित,महिला,मुस्लिम,सिमान्तकृत उत्पीडित समुदायहरुका मुद्दाहरु पुर्ण रुपमा सम्बोधन हुन सकेको छैन,ज्ञापन पत्रमा भनिएको छ’,‘नेकपा एमालेसँग एकता गर्दा हाम्रो पार्टीले उठाएको राष्ट्रिय एवं वर्गीय मुद्धाहरु नछाड्न पार्टी नेतृत्वलाई विन्रम आग्रह गर्दछौ । ’

    ज्ञापनपत्र बुझ्दै महासचिब आलेले मागलाई सम्बोधन गराउन शिर्षतहका नेताहरुसँग छलफल गर्ने बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …