• बाहुण्डाँगी ।  लम्की  जेसीज र लम्की लेडि जेसिजको सयुक्त जेसिज सप्ताहा कार्यक्रम बुधबार देखी शुरु भएको छ । लम्की जेसिजका अध्यक्ष मोहन ढुङ्गाना र लम्की लेडि जेसीजका अध्यक्ष इशरा थापाको सभापतित्वमा भएको सप्ताहा उद्घाटन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य कमला कुमारी ओली रहनु भएको थियो । भने बिशिष्ट अतिथीमा ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख टेकबहादुर चन्द रहनु भएको थियो ।

    लम्की जेसिजका कार्यकारी उपाध्यक्ष घनश्याम डा“गिको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्की जेसिज तथा लम्की लेडि जेसिजका पुर्ब अध्यक्षहरु तर्क बहादुर थापा, देवकी कार्कि, रामबहादुर बोगटी, जुगराम चौधरी लम्की जेसिजका कार्यकारी उपाध्यक्ष नेत्रप्रसाद जैशी लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

    उद्घाटन कार्यक्रमको ससंञ्चालन लम्की जेसिजका महासचिव बविता पाण्डे न्यौपाने र लम्की लेडि जेसिजका महा सचिव मिना स्वडारी विष्टले गर्नु भएको थियो । उद्घाटन कार्यक्रमको समापन लगतै आजै सप्ताहा अन्तरगत ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम समेत लम्की चौराहामा सम्पन्नं भएको छ ।

    लम्की लेडि जेसिजको संयोजनमा भएको कार्यक्रमको सभापति लम्की लेडिज जेसिजका कार्यकारी उपाध्यक्ष तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमका संयोजक रुपा स्वा“र रहनु भएको थियो ।

    सचेतना अन्तरगत ट्राफिक प्रहरी कार्यालय लम्की र चिसापानीका ट्राफिक प्रहरीको सहयोगमा लम्की जेसिज र लेडि जेसिजका पदाधिकारीहरुले सवारी चालकहरुलाई रोकि चेक चाज समेत गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…