• बाहुण्डाँगी । लम्की जेसिज र लम्की लेडि जेसिजको संयुक्त आयोजनामा सञ्चालन भैरहेको जेसिज सप्ताहा अन्तरगत शुक्रबार तेस्रो दिन चिसापानी बजार सरसफाई कार्यक्रम सम्पन्नं गरीएको छ ।
    सरसफाई कार्यक्रमका संयोजक कमल क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो , भने कार्यक्रमको बिशिष्ट अतिथीमा इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र कुमार के।सि। र चिसापानी बजार ब्यावस्थापन समितिका अध्यक्ष जनक बहादुर शाही, रहनु भएको थियो ।
    लम्की जेसिजका गैरसरकारी संघ संस्थाका संयोजक दिपक कठायतको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा समाजसेवि लक्ष्मिप्रसाद देवकोटा, रमा बादी लम्की लेडि जेसिजका अध्यक्ष इशरा थापा, लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना, पुर्ब अध्यक्षहरु रामबहादुर बोगटी, जुगराम चौधरी लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्की जेसिज र लम्की जेसिजले समाजमा गरी रहेको कामको प्रशंसा गदै आफ्नो ठाँउ आफै सफ राख्न अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।
    सुदुरपश्चिम प्रदेशको प्रबेशद्धारको रुपमा रहेको चिसापानीले प्रदेशकै नै परिचय दिने भएकाले यस क्षेत्रका जनाता आफु पनी सचेत हुन र अरुलाई पनी सचेत बनाउन लाग्नु पर्ने बताउनु भयो ।

    चिसापानी क्षेत्रको पर्यटन प्रर्बद्धनको लागि नगरपालिका बाट यसै चालु आर्थिक बर्षमा खर्च गर्ने गरी १५ लाख र संघिय सरकार बाट २५ लाख रकम बिनियोजन भएको बताउदै यसको सहि ठाँउमा सदुपयोग गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…