• लम्की र लम्की जेसीजको लेडि जेसीज सप्ताह जारी, दोस्रो दिन पदाधिकारीलाई तालिम
    बाहुण्डाँगी । लम्की जेसिज र लम्की लेडि जेसिजको आयोजनामा लम्कीमा भैरहेको सप्ताहाब्यापि कार्यक्रम अन्तरगत आज दोस्रो दिन बिहिबार शाखा पदाधिकारीहरुका लागि अभिमुखिकरण तालिम सम्पन्नं भएको छ । लम्की जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक नेत्र प्रसाद जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका पुर्ब राष्ट्यी अध्यक्ष सिनेटर फुलकुमार लालवाणी रहनु भएको थियो ।
    कार्यक्रम सह संयोजक देवानन्द न्यौपानेको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्की जेसिजका संस्थापक अध्यक्ष हेमन्त कुमार बस्नेत, लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना लम्की लेडि जेसिजका अध्यक्ष इशरा थापा, लम्की जेसिजका सदस्य रजबहादुर थापा लगायतकाले शुभकामना दिनु भएको थियो ।कार्यक्रमको सञ्चालन लम्की जेसिजका महा सचिव बविता पाण्डे न्यौपानेले गर्नु भएको थियो ।

    कार्यक्रममा लम्की जेसिज, लम्की लेडि जेसिज र बौनिया जेसिजका गरी करीब ३० जना बढी जेसिज सदस्यले तालिममा सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै नेपाल जेसिजका पुर्ब राष्ट्यी अध्यक्ष लालबाणिले जेसिज संस्था आफुले लगानी गरेर नेतृत्व र ब्यक्ति विकासका साथै आर्थिक समबृद्धिका लागि फाईदा लिने संस्था भएकाले यसमा सबै गम्भीर हुन आग्रह हुनु भयो ।

    लम्की जेसिजको स्थापना कालमा आफु राष्ट्रिय अध्यक्ष रहेको र आफुले जन्माएको लम्की जेसिज प्रतिको माया आफुमा कहिल्यै कम नहुने बताउदै जेसिजमा सबै युवाहरुले लाग्नु पर्नेमा जोड दिनु भयो । सप्ताहाब्यापि कार्यक्रम अन्तरगत भोली अषाढ ३ गते लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को चिसापानीमा बजार सरसफाई कार्यक्रम रहेको लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गानाले जानकारी दिनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…