• बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजले आयोजना गरेको वर्ष २०१९ को जेसीज सप्ताह अन्तर्गत शुक्रवार मल्टि च्याप्टर तालिम सम्पन्न गरेको छ ।
    मेची उद्योग बाणिज्य सं३को हलमा सम्पन्न तालिमलाई नेपाल जेसीजका प्रभावशाली ट्रेनर सिनेटर राजाबाबु शाहले प्रशिक्षण गराउनु भएको थियो । आयोजक शाखा मेचीनगर, मातृ शाखा धुलावारी, विरता, विरता लेडी, चारआली, बुधवारे, अर्जुनधारा र भद्रपुर शाखाको सयुँक्त सहभागितामा मल्टि च्याप्टर तालिम सम्पन्न भएको हो । तालिममा ७० जनाको सहभागिता रहेको थियो ।
    मेचीनगर लेडी जेसीजले यो वर्ष जेसीज सप्ताहमा सात वटै तालिमको आयोजना गरेर नेपाल जेसीजमा नयाँ कामको सुरुवात गरेको छ ।
    शाखाकी अध्यक्ष मञ्जु भण्डारी खनालको सभापतित्व तथा नेपाल जेसीजका ट्रेनर एवम पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर राजाबाबु शाहको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष कविता शर्मा, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिना, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, विरता लेडी जेसीजकी अध्यक्ष सरु खनाल, चारआली जेसीजका अध्यक्ष उत्तम पकुवाल, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल बाहुण्डाँगी जेसीजका अध्यक्ष कञ्चन उप्रेती, धुलावारी पूर्व अध्यक्ष समाजका अध्यक्ष कृष्ण कनाल, मेचीनगर लेडी जेसीजकी आइपिपि सुनिता पनेरु, पूर्व अध्यक्ष उषा श्रेष्ठ, शोभा श्रेष्ठ, टिका सुवेदीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव गिता ओझाले गर्नु भएको थियो ।
    सप्ताह अन्तर्गतको दोस्रो दिन माइनुट लेखन तालिम सम्पन्न भएको थियो । मेचीनगर ९ धुलावारीमा भएको तालिमको सहजीकरण धुलावारीजेसीजकी पूर्व अध्यक्ष लक्ष्मी राईले गर्नु भएको थियो ।






सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…