• उर्लाबारी

    वैदेशिक रोजगारीमा नेपाल बाहिर रहेका साबिक मोरङ राजघाटका ३ जना युवाहरुल आफ्नो गाउँको विकासका पूर्वधारमा टेवा पुर्याउने उदेश्यका साथ अघि बढेका छन् । केबिआई गु्रप नाम दिएर अहिले उनीहरु व्यक्तिगत खर्चबाटै नै समाजिक काम गरिरहेका छन् । उनीहरु हुन्, बेलायतमा रहनुभएका भीम पन्धाक, हङकङमा रहनुभएकी कसल लिम्बू र इन्द्र खापुङ‘लक्ष्मी’ । यो तिन जनाको टिमले सुरुवात नै शिक्षा क्षेत्रमा सहयोग गरेर उदाहरणिय कार्यको थालनी गरिसकेको छ ।

                कसल लिम्बू

    राजघाटको प्रभात निमाविमा घेराबाराको लागि ५० हजार सहयोग गरेको हो । ‘वालवालिकाहरु विद्यालयको होलीमा बर्खाको समयमा डुब्ने खतरा देखेर सहयोग गरेका हौ, केवीआई गु्रपका भीम पन्धाकले भने । पन्धाकका अनुसार आफ्नो गाउँठाउँलाई आफुहरुको समृद्ध बनाउदै लैजाने योजनाहरु छन् । जसको लागि हातेमालोको आवश्यक छ । गाउँमा सडक बत्ति,शिक्षा,स्वास्थ्य,खेलकुद लगायतका थुप्रै समस्याहरुमा सहयोग गर्न हामी जागरुक भएका हौ,पन्धाकले भने । जसको लागि कसल,इन्द्र र भीमको टिमले विदेशमा रहेका सहयोगी मनहरुसँग हातेमालो गर्नेछ अभियानमा समावेश गराउनेछ । अनि गर्नेछ गाउँठाउँमा बिभिन्न क्षेत्रमा सहयोग,जहाँ अति आवश्यक छ  ।

    भीम पन्धाक
    अभियानका इन्द्र खापुङले अक्षयकोष खडा गरेर रकम जम्मा गरी त्यहाको ब्याजको रकमबाट समाजिक काम गरिने उदेश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो‘ हरेक समस्यामा प्रत्येक चोटी रकम संकलन गरिरहेका छौ,अब एकमुष्ट रकम संकलन गरी त्यस रकमको ब्याजबाट सहयोग तथा  बिभिन्न समाजिक कार्यक्रम गर्नेछौ । सोहि अभियानमा सक्रिय कसल लिम्बूले आफुहरु विदेशमा रहेका दाजुभाईहरुसँग छलफल भईरहेको बताउनुभयो । संस्था दर्ता गरेर सामाजिक काम गर्ने हो, जस्ले गर्दा हाम्रो ठाउँको बिभिन्न क्षेत्रमा टेवा पुर्याउन सकियोस,कसलले भन्नुभयो ।                                                    

    इन्द्र खापुङ‘लक्ष्मी
    सबैले साथ सहयोग गरे असम्भव भन्ने केहि छैन । संस्थाले शिक्षामा पहिलो प्राथामिकता दिने बताइएको छ । जहाँ स्कुलको भौतिक निर्माण देखी बिद्यालयमा पढ्न मुस्किल भएका बिपन्न परिवारहरु सम्म । अभियानमा हातेमालो गर्न इच्छुक जोडिन सकिनेछ । अहिले तत्काल नाम केबिआई भएपनि छलफल मार्फत नाम हेरफेर हुन सक्नेछ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …